आइसक्रिम खाँदा काेनमा काटिएकाे औँला

श्रोत : सामाजिक सञ्जाल

धराने मिडिया : भारत मुम्बईको मलाडमा एक जना व्यक्तिले आइसक्रिम खाँदा काेनमा काटिएकाे औँला भेटेका छन् ।

भारतका २६ वर्षीय एक चिकित्सकले अनलाइन मार्फत आइसक्रिम अर्डर गरेर खाँदा अचानक मानिसकाे औंलाको टुक्रा जस्ताे देखे, त्यसपछि उनी नजिकैको मलाड प्रहरी चौकी पुगेर बुधबार यसबारे जानकारी गराएका थिए ।

ति व्यक्तिकाे उजुरीकाे आधारमा प्रहरीले आइसक्रिम कम्पनी विरुद्ध मुद्दा दर्ता गरेकाे छ । कम्पनीले अहिले आइसक्रिम उत्पादन गर्न बन्द गरेकाे छ ।

प्रहरीले आइसक्रिममा भेटिएको मानिसकाे औंलालाई थप पुष्टिका लागि एफएसएल (फरेन्सिक) जाँचका लागि पठाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे छ ।