चट्याङले लागेर महिलाको मृत्यु

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

धराने मिडिया : संखुवासभाको चिचिला गाउँपालिका-२ आले स्थितमा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४१ बर्षीया साबित्रा गुरुङ रहेकी छन् । 

राती ९ बजे खाना खाइ आगो तापीरहेको अवस्थामा पानी संगै परेको चट्याङले लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि आवश्यक कानुनि प्रकृया भईरहेको छ ।