निरन्तर वर्षाका कारण धरानको जनजीवन प्रभावित

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : गत राती देखि निरन्तर आएको वर्षाका कारण धरानको दैनिकी जनजीवनमा प्रभावित परेको छ ।

एक्कसी मौसममा आएको यस परिवर्तनले धराने अम मानिसमा नकारात्मक तथा सकारात्मक दुवै असर परेको छ ।

स्कुल-कलेज जाने युवायुवती देखि मर्निङ वाक जाने मानिसहरुको भिड हुने सडकहरु अहिले खाली देखिन्छन् ।

निरन्तर वर्षाका कारण खोलाहरुमा बाढी आएको छ जस्ले गर्दा खोला आसपास बस्ने घरहरुमा असर परेको छ ।

fb88ffc7-107d-43f2-bbbc-94e92864a5e5

त्यस्तै गरि यस वर्षामा छोटो दुरिको यात्राका लागि सफारी तथा अटो उपयोगी साधन भएको छ । धेरै जसोको घरमा अहिले दुई पाङ्ग्रे सवारी साधन हुने गरेको छ, जुन चै यस वर्षामा खासै आरामदायी हुदैन । जस्का कारण यस वर्षामा सफारी तथा अटो चालकको व्यापारमा वृद्धि आएको छ ।

यस वर्षामा अपनाउनु पर्ने उपायहरू के-के हुन् :

- कहि कतै पैदल जानू परे अनिवार्य छाता तथा रेनकोटको प्रयोग गर्ने

- दुई पाङ्ग्रे सवारी साधन जस्तै बाइक, स्कुटर मा यात्रा गर्नु परेमा रेनकोटको प्रयोग गर्ने र वर्षामा पानीका कारण बाटो स्प्रस्ट नदेखिने हुनाले सवारी साधन बिस्तारी चलाउने

- त्यस्तै गरि छोटो दुरिको यात्राको लागि सफारी तथा अटो प्रयोग गर्ने र लामो दुरिको यात्राका लागि बसको प्रयोग गर्ने

eea10c28-d2bc-47ad-997c-674ae86420fd