भानुचोकमा न्यु भिजन ओपन क्र्युले दीप प्रज्वलन

समाचारदाता (गोपाल पौडेल)

धराने मिडिया : ७३औं नेपाल स्काउट दिवसको पूर्वसन्ध्यामा धरानस्थित भानुचोकमा न्यु भिजन ओपन क्र्युले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, कोशी प्रदेशका शैक्षिक पद्धति आयुक्त (पुरुष विभाग) सुशील राई, धरान स्थानीय प्रमुख आयुक्त अनुप योन्जन तामाङ, नेपाल स्काउट पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, स्थानीय स्काउटका पदाधिकारी, स्काउट लिडर, रोभररेञ्जर तथा स्काउटहरुको उपस्थिति रहेको थियो ।

884f6cf4-e666-4d35-8799-3c0e38bd52758d5c93c0-6a7d-4185-b989-a5697d794e2c