नयाँ प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सुरु भो कार्यपालिका बैठक सुरु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : आज असार ७ गते शुक्रवार धरानका नयाँ प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईको उपस्थितिमा कार्यपालिका बैठक सुरु भएको छ ।

लामो समय सम्म विभिन्न कारणले बस्न नसकेको कार्यपालिका बैठक आज पुर्ण सुचारु भएको हो ।

१२ बजे भनिएको बैठक १ घण्टा लामो पर्खाइ पछि दिउसो १ बजे तिर सुरु भएको थियो ।

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सभा हलमा भइरहेको उक्त कार्यक्रममा मेयर हर्क राज राई, उपमेयर आईद्र विक्रम, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, नगरपालिका महाशाखाका प्रमुखहरु साथै सचारकर्मीहरुको उपस्थिति रहेको छ ।

IMG-20240621-WA0002