भारतकाे शेयर बजार : अल टाइम हाइमा

समाचारदाता : गोपाल पौडेल 

धराने मिडिया : भारतीय शेयर बजार पुनः नयाँ उचाइमा पुगेकाे छ । साताको दोस्रो कारोबार दिन भारतकाे शेयर बजार अल टाइम हाइ भएकाे हाे ।

मंगलबार सेन्सेक्स ५०० अंकले बढेर नयाँ रेकर्ड उच्चमा बनाएकाे हाे। यो सँगै निफ्टी पनि नयाँ उचाइमा पुगेको छ।

सेन्सेक्स ७७,८८८.७२ विन्दुमा पुगेर नयाँ उच्च विन्दुमा पुगेको छ भने निफ्टी २३,६६९.४० विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएकाे छ।

विश्लेषकहरूका अनुसार बलियो विश्व शेयर बजार, बलियो घरेलु आर्थिक तथ्याङ्क र सरकारी नीतिका पहलहरूले लगानीकर्ताकाे मनोबल बढावा दिँदा भारतीय शेयर बजारमा वृद्धि देखिएकाे हाे।

श्रोत : सामाजिक सञ्जाल