जेम स्कुलले जित्यो एम्स एस.ई.ई फुटसल प्रतियोगिता २०८१ को उपाधि

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : एम्स एकेडेमीद्वारा आयोजित एम्स एस.ई.ई फुटसल प्रतियोगिता २०८१ को उपाधि जेम सेकेण्डरी बिर्डिङ स्कुलले जित्न सफल भएको छ । सहभागी २२ टिम मध्य जेम स्कुल विजेता हुन सफल भएको हो ।

धरान-११ स्थिय मितेरी फुटसलमा असार ११ र १२ गते भएको प्रतियोगितामा विजेता हुने टिमले नगत रु २० हजार, ट्रफी र मेडल प्राप्त गर्यो भने सोहि प्रतियोगितामा उपविजेता हुन सफल होम फुटसल टिमले नगत रु १० हजार, ट्रफी र मेडल प्राप्त गर्नु सफल भयो।

प्रतियोगिताका अध्यक्ष तथा एम्स एकेडेमीका प्रिन्सिपल सन्तोष कोइरालाले खेलकुदका महत्व बारे बोल्दै कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राखेका थिए। 

5b2219c5-72be-464d-9367-abe67fd7ce3a


उक्त प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, विशेष अतिथि सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नवीन राई, धरान फुटबल संघका अध्यक्ष प्रताप तामाङ, अतिथि धरान फुटबल संघका सचिव गोपाल कार्की, एम्स एकेडेमीका शैक्षिक निर्देशक दुर्गा सुवेदी लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।