धरानका प्रशान्त तामाङ प्रथम

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : राष्टिय युवा संघ नेपाल, बिराटनगरद्वारा आयोजित मदन भन्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा आयोजित खुल्ला दौड प्रतियोगिता २०८१ "२ कि.मि" मा धरानका प्रशान्त तामाङले प्रथम स्थान प्राप्त गरेका छन ।

त्यस्तै यस प्रतियोगितामा अमर यादव दोश्रो, सुखदेव टुठु तेस्रो, ओसन राई चौथो, स्काई लिम्बू पाचौ र प्रसान्त राई छैठो भएका थिए ।

प्रथम हुने प्रशान्त तामाङ र पाचौं हुने स्काई लिम्बु धरानको चर्चित खेलकुद संस्था "धरान रन" मा पनि आबध्द रहेका छन । 

9039b83b-5ba6-4605-89dd-6b3505790738933028e7-902a-44c2-8a09-061e7829cb67