माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन ।  

मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन ।

दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरी समेत बुढी खोलामा माछा मार्न गएकोमा बर्षासंगै आएको बाढीले बगाई बेपत्ता बनाएकोमा तत्काल इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक सहितको टोली खटी खोज तलासको क्रममा प्रेमकला चौधरीलाई  खोला किनारमा मृत अवस्थामा  फेला पारेको हो भने स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको छ । 

बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको स्थानिय प्रहरीद्वारा खोजी कार्य भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर