सुन र चाँदीको मूल्य बढ्यो, कारोबार मुल्य यति

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : आज असार २० गते बिहिबारको दिन सुनको मूल्य तोलामा एक हजार छ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय निर्धारण भएको हो।

यसैगरी तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय तोकिएको छ । 

यसैगरी चाँदी बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको आज भने एक हजार आठ सय ६५ निर्धारण भएको छ। 

चाँदीको मूल्य तोलामा ४० ले बढेको हो।