स्पेन चौथोपटक युरोपेली च्याम्पियन

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बर्लिनमा भएको फाइनलमा स्पेनले कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन जित्न सफल भएको हो।

स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचालेको हो । उसले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।

इंग्ल्यान्ड भने लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भएको हो। उसले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन।

स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो ।