धरानमा कोरा राईड २०२४ शनिवार हुदै

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरानमा रोरा राईड साईकिलिङ्ग २०२४ यहि शनिवार स्रावन ५ गते आयोजना हुने भएको छ।

२९ कि.मि. दूरी सम्म हुने यो राईट धरानको भानु चोकबाट विहान ७:३० बजे सुरु हुनेछ भने यस कार्यक्रममा धरान भरिका लगभग १५० देखि २०० जना राईडर्सहरु सहभागी गराउने लक्ष्य राखिएको छ।

हरेक वर्ष विभिन्न संघसंस्था र साईकिलिङ्ग क्लबहरुले गर्दै आइरहेको यो कार्यक्रम यो वर्ष सन २०२४ मा प्लाडलर्स धरानले आयोजना गर्न लागेको हो। कार्यक्रममा सहभागी शुल्क रु २०० सहयोग वापत रखिएको छ। 

कार्यक्रमलाई सम्पन्न गर्नका लागि संकलन गरिएको आर्थिक सहयोगबाट अतिरिक्त रकम समाजमा रहेका विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरु या सामुदायिक विद्यालयहरुलाई सहयोग गरिनेछ। 

5fffc4be-e008-4b44-8749-ec67629c8ef9

कार्यक्रममा गौरवमान श्रेष्ठ, किसन मास्के, अतुल श्रेष्ठ, अलवार पलिीखे, प्रतिक श्रेष्ठ, नवराज श्रेष्ठ तथा विभिन्न संचारकर्मीको उपथिति रहेको थियो।

कोरा राईड साईकिलिङ च्यालेन्ज इभेन्ट सर्वप्रथम नेपालको काठमाण्डौदेखि सन २०११ मा सुरुवात गरिएको थियो। नगरको धार्मिक तथा पर्यटकिय स्थलहरुको चेक पोईन्ट बनाएर साईकल र्याली सम्पन्न गर्ने गर्दछ।

धरानमा पनि कोरा राईड सन २०१७ देखि सुरु भएको हो।

744907d8-e0b4-4959-8994-d8cc35dd8797

धरानमा रोरा राईड साईकिलिङ्ग २०२४ को रुट यस प्रकार रहेको छ :

भानुचोक - पुतलीलाईन - दुर्गा चौक - बुध्दचौक - क्याम गेट - रत्नचौक - मंगलबारे - शान्तिचौक - सयपत्री मार्ग - जोरसखुवा - सियोन स्कुल - लिगामेन्ट स्कुल - इस्कोन मन्दिर - हंश मार्ग - बालिका मोड - जानकी चौक - जिरोप्वाइन्ट - फुस्रे - सुर्यमार्ग - अमरहाट - हरियाली मार्ग - पञचकन्या पथ - बुढासुब्बा मन्दिर चौक - पिण्डेश्वरी पथ - विजयपुर चौक - दन्तकाली मन्दिर - पिण्डेश्वर मन्दिर - जल्पा रोड - निराजन वस्ती - काठे पुल - देविगाउं (मुनाक्लब अगाडी) - भिन्टेज फेमेली रिसोर्ट - तल्लो देउराली (पुलिस चौक) - तल्लो देउराली (नमस्ते चौक) - माथिल्लो पानबारी (सरस्वती चौक) - तल्लो पानबारी (स्कुल डाँडा) - मदन राजभण्डारी राजमार्ग - साकेला थान (धरान-१५) - तिनकुने धाट - हरियली सामुदायिक वन