न्यु भिजन ओपन क्रियुले आफ्नो चौथो दिक्षान्त समारोह सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : स्काउटिङ्गका गतिविधी मार्फत आफ्नो सक्रियता बढाउदै आएको न्यु भिजन ओपन क्रियुले आफ्नो चौथो दिक्षान्त समारोह सम्पन्न गरेको छ । 

क्रियुका गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउन क्रियुले फ्रेण्डसिप क्याम्प एण्ड चौथो इन्भेस्टिचर सेरेमोनी सम्पन्न गरेको हो । 

कार्यक्रममा रोभर रेन्जरहरुको सक्रियता र सेवा अवधिलाई ध्यानमा राखी व्याच प्रदान गर्नुका साथै स्काउटिङ्गका गतिविधिहरु आयोजना गरिएको थियो । 

२ दिन सम्म आयोजना गरिएको क्याम्पमा कुकिङ्ग, भिजिल रिडिङ्ग, क्याम्पिङ्ग, सर्वधर्म सभाजस्ता गतिविधि मार्फत रोभर रेन्जरलाइ थप क्रियाशिल बनाइएको थियो । 

धर्म, मानवता प्रति जिम्मेवार व्यक्तित्व उत्पादन गर्न यस प्रकारका गतिविधि आवश्यक पर्ने क्रियुको भनाई छ । 

482082a2-3263-46ea-a08a-1bdfac19e5dd

क्याम्प चिफ तथा न्यु भिजन ओपन क्रियुका सचिव बब्लु कुमार शाहले न्यु भिजन ओपन क्रियुले आफ्नो पुर्व लक्षित कार्यक्रम अन्तरगत नै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताए । आगमी दिनमा क्रियुका सदस्यहरुलाई थप उर्जावान बनाई समाजमा प्रेरणादायि काम गर्ने क्रियुको अठोट रहेको उनको भनाई छ ।

रेन्जरहरु ग्यानु पाण्डे र स्वेता पोखरेल साथै रोभर सुदिप पोखरेललाइ सर्भिस ब्याच प्रदान गरिएको थियो । यस्तै, रेन्जरहरु अनमिका भट्टराई, निर्जरा गजमेर, इशा शाहा र रोभर पेशलराज पराजुलीलाइ स्क्याएर ब्याच प्रदान गरिएको थियो । 

यस दिक्षान्त समारोह मार्फत संस्थाले ९ जना नयाऀ रोभर रेन्जरहरुलाइ सदस्यता प्रदान गरेको छ । रोभरहरु अभिनय लिम्बू, अनुप पौडेल, प्रज्वल गिरी, सौरभ निरौला, रेन्जर हरुमा अस्मिता राई, सेबिका ढकाल, रस्मिता महत, सन्जिता बिक र स्नेहा भट्टराइले नया सदस्यता पाएका हुन ।

न्यु भिजन ओपन क्रियुको सदस्यता नै सेवा भाव र स्काउटिङ्ग गतिविधी मार्फत सामजिक दाहित्व बहन गर्दै आफ्नो व्यक्तित्व बिकास गर्ने खुड्किलो भएको नव आगन्तुक सदस्यहरुले बताएका छन । 

dd218679-09fc-4de7-930f-c774c4a682f1

कार्यक्रममा प्रमुख अतिथि मधुसूदन घिमिरे, क्याम्प संयोजक तथा न्यु भिजन ओपन क्रियुका कोषाध्यक्ष प्रथम अग्रवाल, स्थानिय स्काउट कार्यलय धरान कार्यसमिती सदस्य गृश्मा भट्टराई, स्थानिय स्काउट कार्यलय धरान परिषद सदस्य अनिला पौडेल, स्काउटर किशोर भट्टराई, सिनिअर रोभर प्रशान्त सुब्बा लगायतको सहभागिता रहेको थियो ।