मङ्गोल नेशनल अर्गनाइजेसनको पाचौं सुनसरी जिल्ला अधिबेशन धरानमा सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मङ्गोल नेशनल अर्गनाइजेसन डा.गोपाल गुरुङ्ग सस्थापक रहेको पार्टीको पाचौं एतिहासिक सुनसरी जिल्ला अधिबेशन धरानमा सम्पन्न भएको छ । 

धरानउपमहानगरपालिका वडा न -१० स्थित किरात राई यायोक्खा भवनमा शनिबार उक्त अधिबेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनमा मंगोल नेशनाल अर्गनाइजेसन सुनसरीका अध्यक्ष अमृत मगरको अध्यक्षतामा एबम प्रेसिडेन्ट विर लाल वालाहाङ राईको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यस्तै १ न. प्रान्तीय सभाको सभाध्यक्ष नयन्द्र चाम्लिङ राई, सल्लाकार जितेन किरात, अनुशासन विभाग प्रमुख संघीय सदस्य जया मगर, संघीय सर्वोच्च नारी सदस्य अमृता राई, सघिय सदस्य दिनेश बान्तावा राइ , तुलाराम तामाङ मोरङ जिल्ला अध्यक्ष ,रोशन तामाङ संखुवासभा जिल्ला सचीव, मंगोल नेशनल अर्गनाइजेसन नयाँ सुनसरी , पुर्ब जिल्ला सभा अध्यक्ष साहारा कुलुङ राई,जिल्ला सभा सदस्यहरु लगायत सयौको सहभागिता रहेको थियो ।

bc4829d7-533d-4cfc-a61c-89ed600a322a

सोही कार्यक्रमबाट सुनसरीको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । समितिको अध्यक्षमा अमृत बहादुर मगर,सचिवमा जित राज राई,काेषाध्याक्षमा प्रेमतितुङ तामाङ,सह सचिवमा राज लामा,सञ्चार सचिव ( प्रवक्ता )सरबन राई चयन भएका छन । 

त्यस्तै अन्य सदस्यहरुमा शिवभक्त राई,बिना मगर,राम कुमार थारु,श्याम तामाङ,विष्णु माझी,हेम लिम्बू,कुमार राई,चिनामाया मगर,सन्तोष लिम्बु,किरण राई,अनुप राई,समीर तामाङ,सुजन तामाङ,गंगाराम गुरुङ,अभिषेक राई,रामकुमार लिम्बू,रेवतबहादुर राई रहेका छन ।

सोहि कार्यक्रमको दौरान बोल्ने वक्ताहरू मध्येका तुलाताम तामाङ्गले  यही श्रावण २५ गते  २० औ मुलबासी दिवस मोरङको बिराटचौकमा समेत कार्यक्रम गर्न लागेको बताए ।

उनले त्यसको लागि अहिलेदेखि नै गाउँ गाउँ बाट जागरुक गराइ बढी भन्दा बढी पर्ने, अब यो देशलाई मंगोल राष्ट्रवाद ल्याउनु पर्ने, राजनैतिक शक्ति भएकोले गर्दा अपराधीहरु अहिले खुलेआम हिडिरहेको छ तर हामी संग राजनैतिक शक्ति नभएकोले नै आज हाम्रा चेलीबेटी प्रहरीले पक्राउ गरीरहेक बताए ।

उक्त कार्यक्रमका हरेक बक्ताहरुले यो राज्य सत्ताले गर्दा नै हामी खाडी मुलुकमा जानुपरेको, हिजो हामी राजा रजौटाका सन्तान भएको प्रमाण छ समेत रहेको दाबी गरे। 

उनिहरुले यो सरकारले आदिवासी जनजाति भनेका छन तर हामी यो देशका भुमि पुत्र हौ। हामी यो देशका मुलबासी हौ।अब हामीले यो देश चलाउनुपर्छ। कार्यकारी राष्ट्रपति ल्याउनुपर्ने, त्यसको लागि हामी नै अघि बढनुपर्ने बयाएका थिए । 

f5b00230-86cb-4c7b-9330-b90ae0945e79

बाहुनबादी ब्राह्मण नितिलाई भत्काउन मुलबासी मंगोल मात्र एक रहेकोले अब गाउदेखी शहर सम्म रहेका मुलबासीहरु एक भइ राज्यसत्ता आफुहरुले चलाउनु पर्ने बेला आएको समेत बताए । 

गएको श्रावण ४ गते नज धरान उपमहानगर २ स्थित सिटि प्लाजा भवनको चौथो तलामा बन्दसत्र भइ नयाँ कार्यसमिति चयन गरीएको थियो । 

उक्त अधिबेशनको दौरान सुनसरी जिल्लाका निबर्तमान अध्यक्ष सहारा कुलुङ राई तुला राम राई साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। 

कार्यक्रममा केन्द्रिय सदस्य दिनेश बान्तवा राई,लोक बहादुर तामङ्ग,अमृता राई ,तुलाराम तामाङ,प्रान्तीय सभा सदस्य महेन्द्र चामलिङले बाहुनबादी नितिको सरकार भएकोले सबै सचेत हुदै कार्याकारी ल्याउनुपर्छ बताएका थिए ।