धरानमा के.के ईन्ट्ररन्यान्शल स्काउट टुपद्वारा दुई दिने एक्टिभिटि क्याप सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरानमा के.के ईन्ट्ररन्यान्शल स्काउट टुपद्वारा दुई दिने एक्टिभिटि क्याप सम्पन्न भएको छ।

 स्रावन ४ र ५ गते धरान-१५ स्थित के.के ईन्ट्ररन्यान्शल स्कुलमा भएको उक्त कार्यक्रममा १०६ जना सगभागी रहेको थियो।

कार्यक्रमको उद्घाटन स्रावन ४ गते के.के ईन्ट्ररन्यान्शल स्कुलको प्राङ्गण गरिएको थिए। उक्त उद्घाटन कार्यक्रममा सौम्या राई, लोरिम लिम्बु, साङ्गेमा लिम्बु र अप्रि्शा मगरले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

0a35e988-9554-4dc0-955b-77ec1af03ac3

उद्घाटन कार्यक्रमको अध्यक्ष के.के ईन्ट्ररन्यान्शल स्कुलका उपप्राचार्य रोविण शिएम रहेका थिए भने अतिथिहरुमा नेपाल स्काउट कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी,  कोशी प्रदेश शैक्षिक पद्द्ति आयुक्त सुशिल राई, धरान नगर शैक्षिक पद्द्ति आयुक्त मधुसुधन घिमिरे र अन्य स्काउट लिडरहरुको उपस्थिति रहेको थियो।

सोहि उद्घाटन कार्यक्रममा के.के ईन्ट्ररन्यान्शल स्कुलका उपप्राचार्य रोविण शिएम र नेपाल स्काउट कोशी प्रदेश आयुक्त हेमन्त भण्डारीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।

9975c9eb-a3d7-4b1d-b645-b78d7c5bc9d6

78bf915f-7f3e-4add-bcb4-4cf9dac995f4

पहिलो दिन विहान ८ बजे देखि सुरु भएको एक्टिभिटि क्याप विभिन्न गतिविधिहरु खेल सहित साझ ६;३० सम्म भएको थियो।

त्यस्तै गरि स्रावन ५ गते विहान ७ बजे शारीरिक प्रशिक्षण गरि दोस्रो दिनको एक्टिभिटि क्याप सुरु गरिएको थियो।

साझ ५ बजे सम्म विद्यार्थीहरुलाई विभिन्न गतिविधिहरुमा सहभागी गराई दुई दिने एक्टिभिटि क्याप समापन गरिएको थियो।

समापन कार्यक्रममा यस एक्टिभिटि क्यापका प्रमुख इन्चाज स्काउट लिडर साईमन महर्जनले उपस्थितिलाई धन्यवाद दिदै आफ्नो शुभकामना मन्तव्य राखेका थिए। 

94668eb1-afcc-4d1a-bf33-51a2c83d56e6

उनले भने, "यस दुई दिने क्यापले विद्यार्थीहरुमा नयाँ जोस र प्रेरणा प्राप्त भएको मलाई महसुस भएको छ।" अब आउने दिनहरुमा पनि यसरी नै स्काउटिङ्गलाई अगाडि लैजाने पनि उनले बताए । 

उक्त एक्टिभिटि क्यापमा अर्विन श्रेष्ठ, प्रशात दाहाल, अकाश तामङ, लक्ष्मी थापा, सुमन महतो, सुर्य कुमार सुनुवार, सन्तोश कोइलारा, निशा योगी, रुप्सना राई, रान्जु दाहाल, प्रथम अग्रवाल, बबिता गुरुङ र सुदर्शन राई सेवा टोलीमा रहेका थिए। 

9f404bce-306c-471b-9831-6686fc6cff84

दुई दिने एक्टिभिटि क्यापमा रहेका विभिन्न एक्टिभिटि लिस्ट ( Activities List) :

-Bim Climbing

-Ladder Crossing

-Commando Bridge

-Ziczac

-Dart Target

-Post Breaking

-Blink Walk

-Tunnel

-Bamboo Bridge

-Bamboo Walk

-Tyre Jump

-Zipline

28acc9c4-f497-435d-9d36-bfc13733d2800742e93f-9a03-43bf-8fd5-baeca6943daa0a5cbe0b-6537-4db9-b46b-965a3f56752299989d2f-5219-44c6-8d0e-93646662ec17