धरानको खानेपानी शुल्क वृद्धि, तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावानी

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरानको खानेपानी सम्बन्धित शुल्क अवैज्ञानिक तरिकाले वृद्धि गरेको भन्दै धरानका १० वटा राजनीतिक दलहरूले विरोधमा धरान खानेपानी व्यवस्थापन बोर्डलाई ज्ञापन–पत्र बुझाउँदै उक्त बृद्धि गरिएको महशुल तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावानी दिएका छन् ।

शुक्रबार धरान छाता चौक स्थित पुरानो हस्पिटल अगाडी खुल्ला रुपमा पत्रकार सम्मेलन गरी खानेपानी व्यवस्थापन बोर्डमा गएर ३ बुँदे मागको ज्ञापन पत्र बुझाएका हुन । 

879bd379-2415-4d93-a0a8-ea38bfdb4fe0

खानेपानी बोर्डका अध्यक्ष मेयर राज राई (साम्पाङ) लाई नभेटेपछी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई ज्ञापन–पत्र बुझाएर आफुहरुको माग ७२ घण्टा भित्र पुरा नगरे आन्दोलन सुरु गरिने चेतावनी समेत दिएका छन।

१० राजनीतिक दलहरूले जारी गरेको ज्ञापन–पत्रका अनुसार नयाँ धारा जडानमा न्यूनतम ३३ देखि ३०० प्रतिशतसम्म, होल चेन्ज १५० देखि २८० प्रतिशतसम्म, नामसारी २४ सय प्रतिशतदेखि ९९ सय प्रतिशतसम्म, मर्मत तथा चेक १०० देखि १९ सय प्रतिशतसम्म, महसुल ११ देखि २०० प्रतिशतसम्म, निवेदन दस्तुर ४०० प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थपिएको भनी उल्लेख गरेको छ ।

e735bfb6-0fc5-413f-8365-8bdaacc4db76

यस्तै, बोर्डलाई पुर्णता दिएर पारदर्शी र जवाफदेहीरुपमा सञ्चालन गर्न र धरान खानेपानी व्यवस्थापन बोर्डको आय व्यय सार्वजनिक परिक्षण गर्न पनि माग गरेका छन् ।

84a90fa6-9eed-4515-8761-ad06c93391b9