मोटरसाईकल दुर्घटना हुँदा बालिकाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जना बालिकाको मृत्यु भएको छ । 

दिउँसो बा.२७ प १८३५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक बेलबारी-१ का ३७ बर्षीय सुनिल कुमार धिमाल, पछाडी सवार उनकै श्रीमती ३५ बर्षीया चन्द्रमाया धिमाल र १३ बर्षीया छोरी सुस्मिना धिमाल घाईते भएका थिए । 

घाईते भएका उनिहरुलाई उपचारको लागि अरनीको अस्पताल उर्लाबारी लगिएको सुस्मिना धिमालको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर