पिकअप र मोटरसाईकल ठक्कर लाग्दा १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : पिकअप र मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

साँझ धनकुटाको धनकुटा नगरपालिका-३ स्थितमा प्रदेश १-०४-००१ च १३३६ नम्बरको पिकअप र छथर गाउँपालिका-५ का २३ बर्षीय दिपेश ढकालले चलाएको प्रदेश १-०२-०५३ प ३१६८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल पछाडि सवार मोरङ सुन्दरहरैंचा नगरपालिका-२ का ३२ बर्षीय सुमन सुवेदीलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।

दुबै सवारी साधन र पिकअप चालक धनकुटा-६ का ३१ बर्षीय लक्ष्मण राई र मोटरसाईकल चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर