अमेरिकी डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ भने खरिददर १३३ रुपैयाँ ७१ पैसा रहेको छ।

यस अघि गत शनिबार डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। यस दिन सो रेकर्डलाई तोडेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदाको त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।