धरान खानेपानी सबै बिल काउन्टरमा तालाबन्दी

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलित दश राजनीतिक दलहरुले धरान खानेपानी व्यवस्थापन बोर्डको सबै बिल काउन्टरहरुमा तालाबन्दी गरेका छन् ।

सोमबार वडा कार्यालयहरुमा भएको खानेपानी महसुल काउन्टरमै पुगेर ताला लगाएका हुन् ।

खानेपानी व्यवस्थापन बोर्डको धरान-१५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा तालाबन्दी गरिएको हो । बिहान कार्यालय समय सुरु हुने बित्तिकै ३ वटै कार्यालयमा एकैसाथ दलहरूले ताला लगाएका हुन ।

वृद्धि भएको शुल्क फिर्ता नलिई ताला खोल्ने चेष्टा गरे त्यसपछि आउने परिस्थितिको सामना गर्न तयार हुन मेयर साम्पाङलाई ठाडो चेतावनी दिँदै दलहरूले आन्दोलन चर्काउँदै लगेका छन् ।