डलरको भाउले आज पनि बनायो नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया :  गत शनिबार बनेको रेकर्डलाई तोड्दै डलरको मूल्यले हिजो अर्थात मंगलबार नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई पनि तोड्दै आज (साउन २३ गते) पुनः डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ३ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदाको त्यसको असर नेपाली मुद्रामा देखिएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।