आन्दोलनको क्रममा धरान उपमहानगरपालिका लेखिएको बोर्ड क्षति

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : आन्दोलनको क्रममा धरान-१२ स्थित धरान उपमहानगरपालिकाको कार्यलयको मुल गेटमा स्थानीय सरकार धरान उपमहानगरपालिका लेखिएको बोर्ड क्षति पुगेको छ ।

धरान खानेपानी बोर्डले केहि दिन अगाडि धरानको खानेपानी सम्बन्धि सेवामा मूल्य वृद्धि गरेको विरोधमा धरानका १० राजनीतिक दलहरुले बिहान साढे नौ बजे देखि धरान उपमहानगरपालिकाको गेटमा धर्ना दिएका थिए ।

धर्ना बिस्तारै चर्किदै गरेपछि धरानका मेयर हर्क राज राई (सापाङ) गेटमा आएर धर्ना बसेकाहरुलाई सम्बोधन गर्दै आइतबार अरेक दलका एक एक प्रतिनिधिहरु छलफलमा आउन आग्रह गरेका थिए ।

df713714-5761-433a-acd6-23c171852377

मेयर साम्पाङको आग्रह पछि धर्नामा बसेका प्रतिनिधिहरु र केहि विद्यार्थी आग्रहलाई अस्वीकार गर्दै नाराबाजी सुरु गरेका थिए।

नाराबाजी गर्दा गर्दै धर्नामा उपस्थित भएका केहि विद्यार्थी र प्रहरी बिच ठेलाठेल(घम्साघम्सी) को क्रममा घाइते हुन पुगेका थिए ।

घाइते भएपछि विद्यार्थीसग माफी माग्न र सम्बोधन गर्ने विद्यार्थीहरुद्वारा आग्रह गरेका थिए । आग्रह गरेको लामो समय पछि पनि कुनै सम्बोधन नभए पछि नाराबाजी सहित आन्दोलन सुरु भएको थियो ।

f91c46a4-ab6f-4902-b2a8-efaa7d1439a5

8fff1539-8cfc-4331-99d1-9674ee353d3e

आन्दोलन चर्किदै जादा एक विद्यार्थीले धरान उपमहानगरपालिकाको गेटमा लेखिएको बोर्डमा चडेर भत्काउने क्रममा बोर्ड क्षति पुगेको थियो ।

सोही बेला सुरक्षामा खटिएका नेपाला प्रहरी हावादारको गेटमा हातको औंला च्यापेर घाइते हुन पुगेका थिए ।

अन्त्यमा मेयर सापाङले घाइते विद्यार्थीलाई सम्बोधन गरेर  पत्र पठाइएका थिए । दुई पटक सम्म पत्रमा चित्तबुझ्दो सम्बोधन नआएकोले पत्र फिर्ता पठाइएको थियो र तेस्रो पटक मात्रै पत्रलाई स्विकार्दै आन्दोलन स्थगित गरिएको थियो ।

fec1d283-caeb-4c9b-b1d6-f183163c96eaf48488a0-5076-446c-9d68-6874b7948be7