मल्टिप्लकमा तार जोड्ने क्रममा, करेन्ट लागेर बालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङको जहदा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् । साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउना साथ  मृत्यु भएको थियो । 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर