अन्तत धरानको खानेपानी शुल्क वृद्धि फिर्ता

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरान खानेपानी बोर्डले केहि दिन अगाडि धरानको खानेपानी सम्बन्धि सेवामा मूल्य वृद्धि गरेको फिर्ता हुने भएको छ।

आईतबार दिउँसो २:३० देखि धरानका मेयर हर्क राज राई(साम्पाङ) र १० राजनीतिक दलहरू विच बसेकाे वार्तामा ६ घण्टा पछि अन्तत तीन बुदेँ सहमति भएकाे हो।

दिउँसो पत्र सहित राजनीतिक दलका प्रतिनिधिलाई मेयर राई(साम्पाङ)ले वार्तामा वोलाएपछि २ बजे हलमा दश राजनीतिक दलका प्रतिनिधिहरु प्रवेश गरेका थिए ।

सहमति अनुसार धरान खानेपानी महशुल वृद्धि महशुल तथा शुल्क स्थगित(फिर्ता) गर्ने, खानेपानी बाेर्डकाे पुर्णता बारे- अदालतकाे फैसला मान्ने र ७ दिन भित्र  बाेर्डकाे हिसाब सार्वजनिक गर्ने भएकाे हो ।

वार्तामा मेयर हर्क राज राई(साम्पाङ), दश राजनीतिक दलका प्रतिनिथि, खानेपानी वोर्डका निर्देशक राजु पोखरेल, उपप्रमुख अईन्द्र विक्रम वेघा, कार्यपालिका संसदिय दलका नेता तथा वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यलयका प्रमुख र शसस्त्र धरानका प्रमुख तथा पत्रकार महासंघका अध्यक्ष जनकॠसि राईको उपस्थिति रहेको थियो । 

मेयर राई(साम्पाङ)ले आफुखुशी ९ हजार ९ सय प्रतिशतसम्म खानेपानी सम्बन्धि सेवामा मूल्य वृद्धि बढाए पछि १० दलहरूले श्रावन ११ गते देखि सडकमा आन्दाेलन गर्दै आएका थिए ।