करेन्ट लागेर महिलाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

मोरङ, २०८१ भदौ ०५ गते ।

धराने मिडिया : मोरङको बिराटनगर महानगरपालिका-१५ जतुवा स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरिता देवी यादव रहेकी छिन्। अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । 

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही भईरहेको छ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर