सवारी दुर्घटनाबाट २ जनाको मत्यु

समाचारदाता : गोपाल पौडेल

विराटनगर, भदौ ०७ गते ।

धराने मिडिया : सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दिउँसो फलाम लोड गरेर ल्याउदै गरेको को. २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितमा अनियन्त्रित भई पल्टिदा ट्याक्टर चालक ईटहरी उप-महानगरपालिका-५ का ३० बर्षीय तिलक बहादुर राईको घटनास्थलमानै मृत्यु भएको थियो भने दुर्घटनामा परि घाईते भएका सह-चालक ईटहरी-१५ का २२ बर्षीय संजय ऋषिदेव र २२ बर्षीय प्रल्हाद ऋषिदेवको नगर अस्पताल बेल्टारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 त्यसैगरी सुनसरीको इनरुवा नगरपलिका-४ स्थितमा ना.३ ख १४५ नम्बरको ट्रकले को.२२ प ४०८० नम्बरको मोटरसाईकलाई ठक्कर दिदा गम्भिर घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिङ गाउँपालिका- २ का ५२ बर्षीय रमानन्द मेहतालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुर्‍याउनासाथ साथ डाक्टरले मृत घोषाण गरेका थिए भने ट्रक चालक मकवानपुर हेटौडाका ५९ बर्षीय केदार सिङ वाईबालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर