चट्याङले लागेर बालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

पाचँथर, २०८१ भदौ १० गते ।

धराने मिडिया : पाचँथरको तुम्बेवा गाउँपालिका-३ शहिद पार्क स्थितमा चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ।

 हिजो दिउँसो सवा ३ बजे बिधालयबाट घर फर्कने क्रममा तुम्बेवा -२ का डिल्ली तिम्सिनाको १५ बर्षीय छोरा दर्शन तिम्सिनालाई चट्याङले लागेर घाईते बनाएको थियो।

चट्याङले लागेर घाईते भएका उनलाई उपचारको लागी स्वास्थ्य चौकी मौवा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाचँथरबाट थप अनुसन्धान भई रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर