ईलाका प्रहरी कार्यलय धरानको हिरासत भवन उद्घाटन तथा हस्तान्तरण

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ १७ गते ।

धराने मिडिया : गत शनिबार भदौ १५ गते कोशी प्रदेशका माननिय मूख्य मन्त्री हिक्मत कुमार कार्की ईलाका प्रहरी कार्यलय धरानमा प्रमुख आतिथ्यमा “जनस्तर बाट निर्माण आरम्भ गरि संघिय,प्रदेश सरकार,धरान उपमहानगरपालिका तथा देश बिदेशमा रहनु भएका बिभिन्न संघ संस्था र दाता महानुभावहरुको सहयोगमा निर्मित ईलाका प्रहरी कार्यलय धरानको हिरासत भवन उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ। 

e788bde7-7d76-4582-a35c-2a8c8093e8b1

उक्त कार्यक्रमका बिशेष अतिथी कोशी प्रदेशसभा सदस्य माननिय रमेश कुमार बस्नेत, बिजय कुमार राई, यशोदा कायस्थ, कोशी प्रदेशका पूर्व सभामुख प्रदिप भण्डारी, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाको उपस्थिति रहेको थियो।

6bb881f4-8913-4142-a4d4-d289fd962504

साथै कार्यक्रममा सशत्र प्रहरी बल नेपाल नं.१ बराहबाहिनी मूख्यालय पकली सुनसरीका प्रमुख सप्रनामनि शम्भु सुबेदी, राष्ट्रिय अनुशन्धान कार्यालय धरानका प्रमुख खेमराज ओझा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्र ब उ भीम बहादुर दहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रबउ जयराज सापकोटा, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रउ बिपिन रेग्मी, ईलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रनाउ प्रकाश जवेगु, भवन निर्माणाधिन अवस्थाका तत्कालिन ईलाका प्रहरी कार्यलय धरान प्रमुख रहेका प्रनाउ रामेश्वर पौडेल, प्रनाउ ज्ञानेन्द्र बस्नेत, प्रनाउ बुद्ध श्रेष्ठ, सशत्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानका प्रमुख सप्रनाउ हेम कुमार पौडेल, ईलाका प्रहरी कार्यलय धरानका प्रनि द्वय भिम राज राई, प्रनि पर्शुराम राई ,जिल्ला ट्राफिक प्रहरी धरानका प्रमुख प्रनि सुबास केसी,आसरा सुधारकेन्द्र पानबारी धरानका प्रमुख प्रनि जश बहादुर लिम्बु साथै भवन निर्माण समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधीहरु, नागरिक समाज, पत्रकार, बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, लगायत अं.२५० जना जतिको उपस्थिति रहेको थियो। 

62a12737-28d0-457a-a134-ca47645850c6