सुनसरी इत्तेहादमा तुफेल अहमद

समाचारदाता : अफाक अहमत

२०८१ भदौ १७ गते ।

धराने मिडिया : मुस्लिम इत्तेहाद संगठन सुनसरीकाे चाैथाे जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मति गरी अध्यक्षमा निर्वाचित गरेकाे छ ।

सुनसरी इत्तेहादकाे उपाध्यक्षमा माे. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिव द्वयमा सफालुद्दिन मिया(भाेक्राहा) र मुस्ताक आलम(दुहबी)लाई निर्वाचित गरेकाे छ । अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेकाे छ ।

IMG-20240902-WA0029

इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीकाे प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सुनसरी एमाले जिल्ला ईञ्चार्ज तथा पूर्व मन्त्री जगदिशप्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा इत्तेहादका महासचिव त‌ैयब हुसेन, एमाले नेता तथा पूर्वमन्त्री जाकिर हुसैन र प्रदेश सदस्यद्वय लश्करी अन्सारी, आबिद हुसेन र इत्तेहाद जिल्ला ईञ्चार्ज अफाक अहमदकाे विशेष पहलमा आज साँझ अबेरसम्म सहमति कायम गरिएकाे हाे ।

IMG-20240902-WA0030

नेपाल मुस्लिम इत्तेहाद संगठन नेकपा एमालेकाे भातृसंगठन हाे । २०४८ सालमा नजीर मियाँकाे अध्यक्षतामा यसकाे स्थापना भएकाे थियाे । याे नेपालमा पहिलाे अर्द्ध राजनीतिक संगठन हाे ।