करेन्ट लागेर १ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल
सुनसरी, २०८१ भदौ १८ गते ।
धराने मिडिया : सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना पुरुषको मृत्यु भएको छ ।
भदौ १५ गते दिउँसो साढे २ बजे निर्माणधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्तहुनासाथ प्रहरी अधिकृत सहितको टोलीले शवको कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर