अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २० गते ।

धराने मिडिया : अमेरिका जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् ।

गोली चलाउने बालकपनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ। गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन्।

गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । निजलाई हत्याको अभियोग लगाइने भएको छ ।

एक वर्षअघि अर्थात् २०२३को मेमा संघीय जाँच ब्युरो एफबीआईले विद्यालयमा गोलीबारी गर्ने भन्दै अनलाइनमा धम्की दिएको र बन्दुकको तस्बिर पोष्ट गरेको विषयमा ग्रे र उसको बुवासँग सोधपुछ गरेको थियो । त्यसबेला उनलाई त्यसै छाडिदिएको थियो ।