मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा दम्पतीको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ २९ गते। 

धराने मिडिया : मोरङको बुढिगंगा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान बुढिगंगा-५ स्थितमा कोठा भाडामा लिई  खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । 

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय  मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्वन्धमा अन्य थप अनुसन्धान गरीरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर