ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

संखुवासभा, असोज ०४ गते ।

धराने मिडिया : संखुवासभाको मकालु गाउँपालिका-३ स्थित खाँदबारी-किमाथांका सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्याक्टर चालक खाँदबारी नगरपालिका- ८ का १९ बर्षीय किरण श्रेष्ठ र सचालक १७ बर्षीय उदित श्रेष्ठ रहेका छन् । 

असोज २ गते बिहान प्रदेश नम्बर १-०२-००३ त १४३७ को  ट्याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरी दुर्घटना हुँदा दुबैजनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर