करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

झापा, असोज २३ गते ।

धराने मिडिया : झापाको मेचीनगर नगरपालिका-८ स्थित राजपैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ ।

असोज २० गते बिहान स्थानीय ३८ बर्षीय राम कुमार गिरीले घर नजिकै रहेको पैनीमा बिद्युतिय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको B&C अस्पताल बिर्तामोडमा उपचार क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।