अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज २६ गते।

धराने मिडिया : अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर बिक्रीदर १३४ रुपैयाँ ८० पैसा तोकेको छ । जुन हालसम्मकै उच्च हो ।

यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६८ पैसा (बिक्रीदर) थियो। गत भदौ २१ गते डलर सो मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४६ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४७ रुपैयाँ ३२ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ १८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा तोकिएको छ।