बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

झापा, कात्तिक ०५ गते ।

धराने मिडिया : झापाको कमल गाँउपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

कात्तिक ३ गते दिउँसो दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश न.१-०१-००१ ख ३४३५ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुदा मोटरसाईकल चालक मोरङको केराबारी गाँउपालिका-७ का ५५ बर्षीय पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको थियो ।

बस, मोटरसाईकल र बस चालक गौरादह नगरपालिका-१ का ३५ वर्षिय संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।