"आफ्नाे कामकाे राम्राेसँग समिक्षा गराै र जनपक्षीय काममा अघि बढाै" - मुख्यमन्त्री कार्की

समाचारदाता : गोपाल पौडेल

धनकुटा, कार्तिक १० गते । 

धराने मिडिया : काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजाेरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।

नेकपा एमाले धनकुटाकाे स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयाेजना गरेकाे निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्ला स्तरिय प्रशिक्षात्मक तथा मध्यावधि समिक्षा गाेष्ठीलाई संवाेधन गर्दै मुख्यमन्त्री कार्कीले यस्ताे आग्रह गर्नु भएको हो ।

जनप्रतिनिधिहरुले आफ्नाे कामकाे आत्मसमिक्षा गरी नराम्रा कामलाई राेकेर राम्रा कामलाई मात्र अघि बढाउन मुख्यमन्त्री कार्कीले सुझाव समेत दिनु भयो । पालिका प्रमुख र उपप्रमुखकाे तालमेल नमिल्दा धेरै पालिकाका कामहरु लथालिङ्ग भएकाे उदाहरण दिदै मुख्यमन्त्री कार्कीले जनप्रतिनिधिहरुवीच समन्वयकाे खाँचाे रहेको उल्लेख गर्नु भयो ।

0b98d6ec-a0c7-45f2-8aef-0d5b07004222

एमालेवाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको हित विपरित र पार्टीलाई वदनाम गर्ने छुट नरहेकाे उहाँको भनाइ थियो । `हामीलाई पार्टीले राम्राे काम गर्नु भनेर पठाएकाे हाे । नराम्राे गर्ने र पार्टीलाई बदनाम गर्ने छुट हामीलाई छैन ।´, मुख्यमन्त्री कार्कीले भन्नू भयो, `आफ्नाे कामकाे राम्राेसँग समिक्षा गराै र जनपक्षीय काममा अघि बढाै ।´

एमालेका जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताकाे मन जित्ने गरी काम गर्न आग्रह गर्दै उहाँले एमालेले २०८४ मा अझै राम्राे नतिजा ल्याउने दावी समेत गर्नु भयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राईले जनप्रतिनिधिले जनताकाे गरिबी घटाउने, आम्दानी बढाउने र सुशासनमा ध्यान दिएर काम गर्नुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा एमालेवाट निर्वाचित २०० भन्दा बढी जनप्रतिनिधिहरु भेला भएर मध्यावधि समीक्षा गरी भावी याेजना एवम् रणनीति तय गरिएकाे एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कट्टेलले बताउनु भयो ।