कुकुर तिहार नै किन ?
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक १५ गते।
धराने मिडिया : आज कुकुर तिहार, सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।
कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ।
कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ।
कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ।
त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ।
विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ।
प्राचीन संस्कृत महाकाव्य महाभारतमा स्वर्ग जाने क्रममा पाँच पाण्डवलाई कुकुरको साथमा राखिएको छ। पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग हिमालय चढे। युधिष्ठिर र तिनको कुकुरबाहेक ती सबै बाटोमा लडेर मरे।
त्यसपछि युधिष्ठिरले देवताहरूका राजा इन्द्रलाई भेटे, जसले उनलाई स्वर्गमा स्वागत गरेका थिए। स्वागत गर्ने क्रममा उनले आफ्नो कुकुरलाई पछाडि छोड्नु पर्ने शर्त अगाडि राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए।
यमराज कुकुरको रुपमा आएका थिए र उनले आफ्नो रुप प्रस्तुत गरे। इन्द्र उनको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए।
यमसँग श्यामा र शर्वरा नामका दुई कुकुर थिए जसले नरकको ढोकाको रक्षा गर्छन्। नेपाली हिन्दूहरू कुकुरको पूजा गर्नाले उनीहरूले मृत्युलाई सकारात्मक रूपमा हेर्ने विश्वास गर्छन् र कुकुरले उनीहरूको अन्तिम यात्रामा उनीहरूलाई पछ्याउँदछ।
कुकुरहरूले तिनीहरूलाई नरकमा यातनाबाट जोगाउनेछन् आशा व्यक्त गर्छन्। कुकुरलाई यमको दूत मानिन्छ र उनलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।