सुनसरीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

सुनसरी, मंसिर ०६ गते ।

धराने मिडिया : सुनसरीको रामधुनी नगरपालिका-२ शिवचोक स्थित पुर्व पश्चिम लोकमार्गमा UP16EK1989 नम्बरको भारतिय स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु भएको छ ।

मंसिर ४ गते दिउँसो पौने २ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र.१-०२-००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई सोहि दिशा तर्फ जादै स्कारपियोले पछाडिबाट ठक्कर दिंदा सफारी चालक रामधुनी-५ की ३६ बर्षीया सोनीया कुमारी चौधरी गम्भिर घाईते भएकोमा उपचारको क्रममा ओमसाई अस्पताल झुम्कामा मृत्यु भएको हो ।

ठक्कर दिने सवारी र चालक भारत बिहारका ३४ बर्षीय अनिरुद्र सुदीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।