आजदेखि एन.पि.एल सुरु हुदै, यस्तो छ खेल तालिकाको विवरण

समाचारदाता : गोपाल पौडेल

२०८१ मङ्सिर १५ गते।

धराने मिडिया : राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग [एनपिएल] फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ [क्यान]को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

तियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ ।

क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । पूरा सिजनका लागि टिकट किन्दा २० प्रतिशत छुटको व्यवस्था छ । सिजनका लागि पास लिनुपर्दा साधारणतर्फ ४४८० र भीआईपतर्फ ८२४० रुपैयाँ तोकिएको छ ।

सहभागी टोलिहरु :

१. विराटनगर किंग्स 

२. जनकपुर बोल्ट्स

३. चितवन राइनोज 

४. काठमाडौं गुर्खाज

५. पोखरा एभेन्जर्स

६. लुम्बिनी लायन्स

७. कर्णाली याक्स

८. सुदूरपश्चिम रोयल्स


खेल तालिका :

मंसिर १५ – १२.१५ बजे – विराटनगर भर्सेस जनकपुर

मंसिर १७ गते – ९.१५ बजे – काठमाडौं भर्सेस चितवन

मंसिर १७ गते – १.१५ बजे – जनकपुर भर्सेस कर्णाली

मंसिर १८ गते – ९.१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर

मंसिर १८ गते – १.१५ बजे – चितवन भर्सेस पोखरा

मंसिर १९ गते – ९.१५ बजे – कर्णाली भर्सेस काठमाडौं

मंसिर १९ गते – १.१५ बजे – विराटनगर भर्सेस लुम्बिनी

मंसिर २० गते – ९.१५ बजे – पोखरा भर्सेस जनकपुर

मंसिर २० गते – १.१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम

मंसिर २१ गते – ९.१५ बजे – कर्णाली भर्सेस चितवन

मंसिर २१ गते – १.१५ बजे – लुम्बिनी भर्सेस पोखरा

मंसिर २२ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम

मंसिर २२ गते – १.१५ बजे – कर्णाली भर्सेस विराटनगर

मंसिर २३ गते – ९.१५ बजे – जनकपुर भर्सेस लुम्बिनी

मंसिर २३ गते – १.१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन

मंसिर २५ गते – ९.१५ बजे – चितवन भर्सेस लुम्बिनी

मंसिर २५ गते – १.१५ बजे – कर्णाली भर्सेस पोखरा

मंसिर २६ गते – ९.१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम

मंसिर २६ गते – १.१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी

मंसिर २७ गते – ९.१५ बजे – पोखरा भर्सेस विराटनगर

मंसिर २७ गते – १.१५ बजे – काठमाडौं भर्सेस जनकपुर

मंसिर २८ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस कर्णाली

मंसिर २८ गते – १.१५ बजे – विराटनगर भर्सेस चितवन

मंसिर २९ गते – ९.१५ बजे – काठमाडौं भर्सेस पोखरा

मंसिर २९ गते – १.१५ बजे – जनकपुर भर्सेस चितवन

मंसिर ३० गते – ९.१५ बजे – काठमाडौं भर्सेस विराटनगर

मंसिर ३० गते – १.१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम

पुस १ गते – ९.१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली

पुस ३ गते – ९.१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)

पुस ३ गते – १.१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)

पुस ४ गते – १२.१५ बजे – एलिमिनेटर विजेता भर्सेस (पहिलो क्वालिफायर) पराजित (दोस्रो क्वालिफायर)

पुस ६ गते – १२.१५ बजे – फाइनल (पहिलो क्वालिफायरविजेता भर्सेस दोस्रो क्वालिफायर विजेता)


पहिलो संस्करणको एनपिएलको प्रत्यक्ष प्रसारण टिभीमा स्टार स्पोर्ट्स नेटवर्क र युट्युबमा एक्सन स्पोर्ट्स एचडी मा हेर्न सकिने छ ।