बिदुर लिङ्थेप कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति
समाचारदाता : गोपाल पौडेल
बिराटनगर, मंसिर १७ गते ।
धराने मिडिया : संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्ति हुनुभएको छ।
नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज उहाँलाई नियुक्त गर्नुभएको हो ।
संचेतक लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर हुनुहुन्थ्यो।
बिद्यार्थी राजनीतिबाट उहाँ सक्रिय राजनीतिमा आउनुभएको हो। प्रमुख संचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको संचेतकमा मुख्य मन्त्री कार्कीले उहाँलाई नियुक्त गर्नुभएको हो ।





















