पुस १ देखि तेस्रो मेघा रेवाहाङ मेमोरियल यु–१८ बास्केटबल प्रतियोगिता हुने

समाचारदाता : गोपाल पौडेल

२०८१ मङ्सित १८ गते।

धराने मिडिया : धरान मेघा कलेजले सञ्चालन गर्दै आएको धरान मेघा रेवाहाङ मेमोरियल अन्तर कलेज बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण पुष १ गते देखी हुने भएको छ ।

आयाेजक कलेजका अध्यक्ष कैलास लिम्बुका अनुसार प्रतियाेगितामा १२ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियाेगितामा कक्षा १२ सम्मका १८ बर्ष मुनीका विद्यार्थीहरू सहभागी हुने छन् ।

विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागि खेलाडिले १ मिनट थी्र पोइन्ट सट गर्नेछ ।  त्यस मध्ये वाट वढि बास्केट गर्ने उत्कृष्ट तिन खेलाडि छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्ये वाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट वास्केट गर्नेछ उहि थी्र पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।