डलरको मूल्यमा नयाँ रेकर्ड

समाचारदाता : गोपाल पौडेल

२०८१ मंसिर २० गते।

धराने मिडिया : बिहीबार, नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ८९ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ २९ पैसा रहेको छ। मंसिर १८ गते डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ८२ पैसा र १३५ रुपैयाँ २२ पैसा थियो।

यस दिन डलरको मूल्यले मंसिर १८ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।