कांग्रेसका प्रतिनिधि गाउंगाउंमा

समाचारदाता : गोपाल पौडेल

२०८१ मंसिर २९ गते ।

धराने मिडिया : नेपाली कांग्रेसले घोषणा गरेको १०० दिने अभियानका क्रममा प्रतिनिधिहरु गाउंगाउंमा पुग्न थालेका छन्।

यसै शिलशिलामा कोशी प्रदेश कार्यसमितिले खटाएका प्रतिनिधिद्धय केशव भट्टराई र सूर्य राई धरानमा आएका हुन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा उनीहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

भेटघाटका क्रममा उनीहरुले कांग्रेस केन्द्रीय समितिले घोषणा गरेको १०० दिने अभियान र कोशी प्रदेश समितिले घोषण गरेको कचनकवलदेखि सगरमाथा अभियानका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सदस्यत्रय केशव भट्टराई, सूर्य राई र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल लगायतले अभियानका सन्दर्भमा र आन्तरिक पार्टी संगठनका बारेमा विचार राखेका थिए ।

कार्यक्रमको संचालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महाधिवेशन प्रतिनिधिहरु चित्रकुमारी राई, ललिता अधिकारी र निलकुमारी गिरी, जिल्ला सदस्य सरिता सुब्बा, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी लगायतको उपस्थिति रहको थियो ।

e6e64a6d-57ee-45a6-ad00-fa2ae35c145a