धान ओसार्ने क्रममा सिटी चालकको मृत्यु

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८१ पौष १ गते।

धराने मिडिया : सुनसरी रामधुनी नगरपालिका-९ डुम्राहा स्थितमा प्रदेश न. १-०२-००४ ह १४८१ नम्बरको सिटि सफारी आफै अनियन्त्रित भइ दुर्घटना हुँदा सिटी चालकको मृत्यु भएको छ।

मंसिर २९ गते साँझ खेतबाट सिटी सफारीमा धान ओसार्ने क्रममा दुर्घटना हुदाँ घाईते भएका सिटी चालक स्थानीय ५० बर्षीय पुरण चौधरीलाई उपचारकोलागी जिल्ला अस्पताल इनरुवा सुनसरी लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानूनी कारबाही भई रहेको छ।