बिहीबार अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस ०४ गते ।
धराने मिडिया : पुस ०४ गते बिहीबार अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
यस दिन अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम भएको छ । जुन हालसम्म कै उच्च हो ।
अमेरिकी डलरले दिनहुँ महँगो मूल्यको नयाँनयाँ रेकर्ड कायम गरिरहेको छ। यस अघि हिजो (बुधबार) डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य ९ पैसा बढेको हो।