१३ पैसाले बढेर अमेरिकी डलरको मूल्य पुनः नयाँ उचाइमा
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस १० गते ।
धराने मिडिया : नेपाली बजारमा अमेरिकी डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। पुस १० डलरको मूल्यले पुस ९ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।
यस दिन अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३६ रुपैयाँ ३ पैसा रहेको छ।
पुस ९ गतेको तुलनामा यस दिन १३ पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो।