उपचारको क्रममा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

समाचारदाता : गोपाल पौडेल

२०८१ पुस १२ गते ।

धराने मिडिया : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

मनमोहन सिंहको जन्म पाकिस्तानको पन्जाब प्रान्तमा २६ सेप्टेम्बर १९३२ मा भएको थियो। देशको विभाजन पछि सिंहको परिवार भारत आए।

यहाँ पन्जाब विश्वविद्यालयबाट उनले स्नातक तथा स्वनातकोत्तर स्तरको पढाई पूरी गरे।  त्यस पछि उनी क्याम्ब्रिज विश्वविद्यालय गए। जहाँबाट उनले पी. एच. डी. गरे। तत्पश्चात् उनले अक्सफोर्ड विश्वविद्यालयबाट डी. फिल. पनि गरे।

मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। उनी जवाहरलाल नेहरूपछि पहिलो भारतीय थिए, जो लगातार दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।