१९ औ अम्वर ललित डिपो कप सुरु, उद्धघाटन खेलमा आयोजक डिपो विजयी
समाचारदाता : बिकास चाम्लिङ राई
२०८१ पुस १२ गते ।
धराने मिडिया : डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको उद्धघाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ । आज देखि सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा डिपोले देउरालि चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोल अन्तर निकाल्दै सहज रुपमा जित निकालेको छ ।
खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरेका छन । उनले पहिलो हाफको ३ मिनट, दोस्रो हाफमा ३ र २३ मिनटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।
यसै गरि डिपोका कुशल राईले दोस्रो हाफको १२ मिनटमा गोल गरे । एक गोल भने देउरालि चिल्डे्रनका सक्षम राईले पहिलो हाफको ११ औ मिनेटमा आफ्नै गोल पोस्टमा अत्मघाति गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच देउरालि चिल्डे्रनका उज्वल घतानि घोषित भए । उनलाई कार्यक्रमका प्रमूख अतिथि सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले ट्रफि प्रदान गरेका थिए ।


कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ । सहभागि विद्यालयहरुमा आयोजक डिपो स्कुल रेड र व्लु, देउरालि चिल्ड्रेन, धरान लिगामेन्ट, प्रभात वोड्रिङ्ग स्कुल, समिट स्कुल, इमानुयल स्कुल, सुनाखरी स्कुल, हिविकस स्कुल, काम्रेल हाइ स्कुल, जोलसाय स्कुल, नेपाल पुलिस स्कुल, आइडियल स्कुल, दिल्ली पव्लिक स्कुल, नेवेल एकेडेमि र माउण्ट हर्मन स्कुलले सहभागिता जनाएको छ ।


पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताको उद्धघाटन प्रमूख अतिथि राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अमरवहादुर लिम्वुले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए ।
उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाइ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य राजकुमार राईले मन्तव्यको क्रममा वताए । अम्वर ललित डिपो कप २०६१ साल देखि सुरु भएको हो ।


लकडाउनको वेला दुई संस्करण प्रतियागिता रोकिए वाहेक प्रतियोगिता निरन्तर सम्पन्न भईरहेको उनले वताए ।
पहिलो खेल पराजित भएका देउरालि चिल्ड्रेन स्कुलले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछ । पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि प्रतिश्पर्धा गर्नेछ ।
प्लेट च्याम्पियनका विजेतले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ ।


उद्धघाटन कार्यक्रममा डिपो स्कुल वोर्ड अफ ट्रस्ट्रिजका अध्यक्ष भिमराज लिम्वु, विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता संयोजक दिपवहादुर राई, सदस्य सुर्यपन्धाक लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काप्mले, निर्वतमान अध्यक्ष एवं लेखक जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।





















