भारतिय भुपु सैनिकको धरानमा भलिबल प्रतियोगिता सुरु
समाचारदाता : गोपाल पौडेल
२०८१ पौष २२ गते
धराने मिडिया : भारतिय राजदूतावास पेन्सन वितरण कार्यलय धरानको भलिबल प्रांगणमा तिन दिने अन्तर भुपु सैनिक भलिबल प्रतियोगिता सुरु भएको छ।
अङ्ग्रेजि नयां वर्षको अवसरमा पौष २२,२३ र २४ गते उक्त प्रतियोगिता आयोजना हुने भएको हो। पूर्वाञ्चलका विभिन्न पांच जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाबाट जम्मा ११ टोली प्रतियोगिता भाग लिएका छन।
प्रतियोगिताको उद्घाटन भारतिय राजदूतावास पेन्सन वितरण कार्यलय धरानका प्रमुख मेजर भरत कनोजियाले दिप प्रज्वलन गरि गरेका थिए।
यस वर्ष भलिबल प्रतियोगिताको दोस्रो संस्करण रहेको छ। भारतिय पेन्सन वितरण कार्यलय धरानले हरेक वर्ष अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।
प्रतियोगितामा धरान"क", बेलबारी, बेलटार, धनकुटा, दुधे, तरहरा, धरान"ख", विर्तामोट, दमक, शान्तिनगर र पेन्सन वितरण कार्यलय धरान टोलिको सहभागी रहेको छ।
उद्घाटन कार्यक्रमको संचालन क्यापटेन कृष्ण बहादुर थापाले गरेका थिए भने व्यावस्थापन क्यापटेन चन्द्र बहादुर राईले गरेका थिए।